एनआरएल परियोजनाको प्रगति समीक्षा सम्पन्न

अछाम । पञ्चदेवल विनायक नगरपालिकामा वल्डभिजन नेपाल र वाक नेपालद्वारा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण (आईएनआरएल) परियोजनाको प्रगति समीक्षा गरिएको छ । 

पछिल्लो ८ महिनामा गरिएका क्रियाकलापहरूको समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । वाक नेपालका कार्यसमिति सचिव सुरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहनु भएको हो । 

परियोजनाले पञ्चदेवल विनायक नगरपालिकाको ३४ वटा विद्यालयका विद्यार्थिहरुको स्वास्थ्य परीक्षण, ७ वटा कृषक समूहमा विभिन्न कृषि प्रविधिका विषयमा कक्षा सञ्चालन, ६ वटा जलवायुमैत्री कृषक पाठशाला सञ्चालन,विभिन्न कृषि सामाग्री वितरण गरिएको छ । यस्तै २८ वटा समूहहरूलाई पञ्चदेवल विनायक नगरपालिकामा दर्ता गर्न सहयोग गरिएको परियोजनाका अधिकृत आरती कुँवरले जानकारी दिइन ।

कार्यक्रममा सहभागी पञ्चदेवल विनायक नगरपालिकाका वडाअध्यक्षहरु र शाखा प्रमुखहरूले परियोजनाबाट नागरिकहरूले लाभ लिइरहेको बताए । परियोजनाले समुदायमा परिवर्तन आएको उनीहरूको भनाई थियो । 

कार्यक्रममा नगरप्रमुख चलाउनेले परियोजनाका कार्यक्रमहरू थप प्रभावकारी बनाउन पर्ने बताउँदै, सम्पन्न भएका क्रियाकलापले समुदायमा सकारात्मक सन्देश दिएको बताइन । समुदायमा तरकारी अनिवार्य पाक्ने परिस्थिति बन्नुमा सरकारी र गैरसरकारी क्षेत्रको सफलता भएको उनको भनाई थियो । वाक नेपालले समुदायमा पारदर्शिताका क्षेत्रमा राम्रो अभ्यास गरेको बताउँदै वाक नेपालले सञ्चालन गर्ने कार्यक्रममा नगरपालिकाले साझेदारी गरिरहेको भनाई राखिन ।

Source: https://pahadkhabar.com/content/1383

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top