Media Coverage

मात्रि जयाकोटमा खानेपानी पुगेपछि स्थानीय हर्षित

Published on: https://www.radiojanapriya.org.np/news-details/6965/2023-12-31?fbclid=IwAR2r-ojrm5erwLYVSkt3uM27vs42jIFohQNDCh_pO-38mq9eekfRNGTkxko

पुस १४ अछाम

मात्रि जयाकोटका विष्ना कुमालले घरकै आँगनमा पानीको धारा खस्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । डाँडाको बस्ती भएकाले वर्षायाम महिनामा आकाशे पानी उपभोग गर्दै आउनु भएको थियो । हिउँदमा छिपेखोलको दुषित पानी प्रयोग गर्नुपर्ने वाध्यता रहेको थियो । लामो समय सम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्न बाध्यता खेप्नु भएका उहाँ घरको धारामा पानी आएपछि दङ्ग छन् । आँगनमा पानीको धारा खसेसँगै उहाँकोे जीवनमा खुसी छाएको हो । ‘पानीले गर्दा कतिबेला यो ठाँउ छाडेर जाने होला भन्ने हुन्थ्यो’ उहाँले भन्नुभयो– हिजोआज विगतका सबै दुःख बिर्सिएका छौं ।’ 
उहाँ मात्रै हैन जयाकोटका चन्द्रकला कुमाल पनि घरघरमा पानीका धारा बनेपछि खुसी छन् । लामो दूरीबाट पानी बोकेर खाने गरेका उहाँलाई आँगनमै खानेपानी पुगेपछि सहजता भएको छ । ‘आँगनमा पानीका धारा खसेसँगै दुःखका दिन गए ।’ उहाँले भन्नुभयो–‘खोलको दूषित खानेपानीको अन्त्य भएको छ।’ त्यति मात्रै हैन नुवाई धुवाई र भाँडाकुडा सफा गरेको पानीको करेसावारीमा प्रयोग गर्न थाल्नुभएको छ । सागसब्जि लगाएर आफ्नै वारिमा फलेको तरीकारी खान र वेच्नको लागि पनि सजिलो भएको कुमालको भनाई रहेको छ । 
उमेरले जीवनको उताद्र्धामा पुगेका उदय सिंह कुमालले पनि घर आँगनमा खानेपानीको धारासँगै शुद्ध पिउने पानी आएपछि खुसी भएका छन् । यसरी आफ्नै पालामा घरघरमा धाराबाट यसरी पानी आउँला भन्ने आफूले कल्पना समेत नगरेको उहाँको भनाई रहेको छ । आँगनमा पानीका धारा खसेसँगै विगतका दुःखलाई बिर्साइदिएको उहाँको भनाई रहेको छ ।
खानेपानी सरसफाई डिभिजन कार्यालय डोटीको २५ लाख ५४ हजार, वाक नेपालद्धारा सञ्चालित युरेका परियोजना ११ लाख १४ हजार स्थानीयको २ लाख २७ हजार श्रमदान गरी मात्रि जयाकोटको ३५ घरदुरीमा सोलार मार्फत लिफ्ट गरेर खानेपानीको योजना निर्माण भएको वाक नेपालका पूर्व अध्यक्ष मीनबहादुर कुँवरले जानकारी दिनुभयो । पानीको स्रोत वस्तिमुनी र वस्ति डाँडामा भएका जनताको लागि यो खानेपानी योजनाले सहजता ल्याएको जानकारी दिनुभयो । खानेपानीसँगै यहाँका स्थानीय कृषि खेति गरेर आय–आर्जनको माध्यम पनि बन्न सफल भएको उहाँको भनाई रहेको छ । 
खानेपानी सरसफाई डिभिजन कार्यालयका मुकेश सोडारीले खानेपानीका मुहानमा वस्ति नभएका जनताले यो सिस्टमबाट पानीको उपलब्धता गर्दै आएको बताउनुभयो । उहाँले तीन वर्षको मेहनतपछि पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेको धारणा व्यक्त गर्नुभयो । 


    जयाकोट सोलार योजनाको उद्घाटनको लागि पुग्नु भएका साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले नगरवासीको खानेपानीको समस्यालाई समधान गर्न नगरपालिका कठिवद्ध भई लागेको बताउनुभयो । मात्रि जयाकोटकामा मात्रै नभई नगरवासीको खानेपानी पहुँचको लागि पहल गर्दै आएको उहाँको भनाई रहेको छ । उहाँले नगरवासीले खानेपानीको समस्या भोग्नु नपर्ने गरी काम हुँदै आएको पनि धारणा व्यक्त गर्नुभयो । 
   पालिकाभित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा वोरिङ्गको प्रविधिको माध्यमबाट घरघरमा पानी पु¥याउन थालिएको नगर प्रमुख कुँवरको भनाई रहेको छ । यस्तै नगर प्रमुख कुँवरले निर्माण भएका योजनाहरुको दीगोपनाको लागि स्थानीयको भूमिका महत्वपूर्ण रहेको पनि धारण व्यक्त गर्नुभएको छ। 
सोही कार्यक्रममा सहभागि नगर उपप्रमुख शिव बहादुर कुँवरले शिलोजले मात्रि जयाकोट टोलमा १०÷१५ वर्षदेखि खानेपानीको लागि पहल भएपनि मुहानको अभावमा सम्भव नभएको बताउनुभयो । उहाँले अहिले वाक नेपालको पहलमा डाँडामा वस्ति रहेको टोलमा खानेपानीको पहुँच पुग्दा स्थानीयलाई सहज भएको बताउनुभयो । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर छिपेखोलाको दूषित खानेपानी पिउनु पर्ने वाध्यताबाट मात्रि जयाकोट टोलका स्थानीय मुक्त भएको उपप्रमुख कुँवरको भनाई रहेको छ । 
वाक नेपालको पहल, रिनुवल वल्र्ड, सप्रोस नेपाल, युरेका परियोजनाको सहयोगमा यसअघि जिल्लाको पन्चदेवल विनायक नगरपालिकाको वडा नं. ४ कालिकास्थानको टोट्केशाल, वान्नीगढी जयगढ गाउँपालिका वडा नं.२ जनालिकोटको सल्लेना, वडा नं. ४ तिमिल्सैनामा पनि सोलार मार्फत लिफ्ट गरेर खानेपानीको योजना निर्माण भएको वाक नेपालका कार्यकारी निर्देशक चेतराज जोशीले जानकारी दिनुभयो । यो प्रणालीबाट निर्माण भएको खानेपानीले रिचार्जको काम गर्ने समेत धारणा व्यक्त गर्नुभयो। यो योजना वातावरणमैत्री समेत भएको कार्यकारी निर्देशक जोशीको भनाई रहेको छ । 

Leave A Comment

Your Comment
All comments are held for moderation.