Media Coverage

वाक नेपालद्वारा कृषि सामाग्री हस्तान्तरण

अछाम ।  वाक नेपाल अछामले कृषकहरूलाई विभिन्न कृषि सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाको पन्चदेवल विनायक, कमलबजार, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकहरूलाई कृषि सामाग्री वितरण गरेको हो ।

जिल्लाका २५ जना कृषकहरूलाई थ्रेसर मेसिन वितरण गरिएको छ भने १०० भन्दा बढी कृषकलाई प्लास्टिक टनेल, मल  र बिउबिजन वितरण गरिएको हो ।

वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा वाक नेपालको सहजीकरण मा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाद्वारा सामाग्री हस्तान्तरण गरिएको परियोजना संयोजक गोपिसिङ नेपालीले जानकारी दिए ।
सामाग्रीले कृषकहरूको कार्य बोझ घटाउने परियोजनाको विश्वास छ ।

Published on: https://pahadkhabar.com/content/325?fbclid=IwAR1hkpuzwP5x1FUoGhmiBHmdclWt-qtwYibeui9Oyh4Op_U-ERlAz4N3lmI

Leave A Comment

Your Comment
All comments are held for moderation.