सेवा परियोजनाको आयोजनामा ४ दिने तालिम सुरु

वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित सेवा परियोजनाको आयोजनामा साफबेगरमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम सुरु भएको छ ।
शुक्रवार देखी सुरु भएको कार्यक्रममा कमलबजार नगरपालिका वडा २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, पबिनपा ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र , मेल्लेख गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका १५ जना स्वास्थ्यकर्मीको सहभागिता छ ।
४ दिन सम्म चल्ने तालिममा सङ्क्रामक रोग र सङ्क्रमणबाट बच्ने तरिका सम्बन्धी छलफल हुने सेवा परियोजनाका परियोजना अधिकृत उमा अवस्थीले बताइन ।
तालिमको सहजीकरण डाक्टर प्रकाश ठकुल्लाले गरिरहेका छन् ।
तालिमको उद्घाटन गर्नुहुँदै वाक नेपालका कार्यसमिति अध्यक्ष बल बहादुर केसीले सेवा परियोजनाबाट जनताको स्वास्थ्य अवस्थामा सुधार आउने र स्वास्थ्य संस्थाहरूलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशी र एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाका संयोजक गोविन्द ढकाल र लेखा अधिकृत हिमाल बुढाले सहभागीलाई स्वागत गरेका थिए ।