तिन दिने रैथाने बालीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


रुपान्तरण खबर
| २०८२ जेष्ठ २३, बिहीबार २०:१०

वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित “एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना” अन्तर्गत मेल्लेख गाउँपालिका वडा नं. ५ स्थित बिन्धेवासिनीमा तीन दिने रैथाने बालीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय तहलाई पोषणमैत्री बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम पोषणमैत्री वडा घोषणा गर्ने पूर्वतयारीको रुपमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको उद्घाटन मेल्लेख गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले गर्नुभयो उद्घाटनमा बाेल्दै वडा अध्यक्ष अधिकारीले पाेषण मैत्री वडा घाेषणा गर्न काे लागि ४९ वटा सुचक पूरा गर्न रैथाने बाली पनि सुचक भित्र पर्ने भएको ले सबै लाई यश बारे सचेतिकरणका लागि तालिमको आयाेजना गरेकाे बताए ।
समापन कार्यक्रममा भने कार्यवाहक अध्यक्ष लालसरा कुमारी बिकले समापन मन्तव्य दिँदै, समाजमा अझै कायम रहेको छाउपडी प्रथाको अन्त्यका लागि सचेतना र व्यवहारिक परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रशिक्षकको रुपमा वडा सचिव लोकेन्द्र साउद, वाक नेपालका यज्ञराज खनाल, रमेश भुल, र आस्था नेपालका सामाजिक परिचालक बल बहादुर बिकले सहजीकरण गर्नुभएको थियो।

तीन दिनसम्म चलेको कार्यक्रममा रैथाने बालीको महत्त्व, फाइदा र पोषणमा त्यसको योगदान सम्बन्धी विविध छलफल, प्रस्तुती तथा समूह कार्य सञ्चालन गरिएको थियाे
अभिमुखिकरण कार्यक्रममा १ सय ६५ जना कृषकहरूकाे सहभगिता रहेकोे थियोे ।
कार्यक्रमका सहभागीले कार्यक्रम लाभदायक र महत्त्वपूर्ण रहेकाे बताउदै कार्यक्रममा सिकेका कुरा कार्यनयन गर्नुपर्ने बताएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top