वाक नेपाल अछामले अब कार्यक्षेत्र थप विस्तार गर्छ : अध्यक्ष कुवर ( अडीयाे सहीत )

शंकर थापा, ४ असोज

वाक नेपाल अछामले आर्थिक वर्ष ०७५÷७६ मा वर्षभरी गरेका क्रियाकलापहरुबारेको समग्र प्रतिवेदन सार्वजनीक गरेको छ । सदरमुकाम मंगलसैनमा पत्रकार सम्मेलन गरि संस्थाले सञ्चालन गरेका सबै परियोजनाको संक्षिप्त क्रियाकलापहरु र हालै सम्पन्न साधारणसभाबाट लिईएका निर्णयबारे पनि जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा संस्थाले वर्षभरीमा गरेका क्रियाकलाप र त्यसको प्रभावबारे वाक नेपालका कार्यकारी निर्देशक देबीलाल उपाध्यायले जानकारी गराउनुभएको थियो । पश्चात सहभागी पत्रकारहरुले जिज्ञासा तथा सुझाव राखेका थिए ।

संस्थालाई पत्रकारहरुले दिएको सुझाव ग्रहण गर्दै वाक नेपालका अध्यक्ष मिनबहादुर कुवरले गत वर्षका राम्रा अभ्याँसलाई निरन्तरता दिदै आगामि दिनमा केही फरक ढंगबाट अघि बढ्न लागेको जानकारी गराँउनुभयो ।

अवका दिनमा संस्थाले स्थानीय तहसंग सहकार्य गर्ने, अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने, मिडिया परिचालनमा थप जोड दिने, कार्यक्षेत्र बिस्तार गर्दै सामाजिक रुपान्तरण कार्यलाई अघि बढाईने बताउनुभयो ।

आवाज वाक नेपालका अध्यक्ष मिनबहादुर कुवर …..Audio Player00:0801:32

कार्यक्रममा सहभागी पत्रकारहरुले वाक नेपालले गरेका राम्रा कार्यको प्रशंसा गर्दै आगामि दिनमा मिडियाको क्षेत्रलाई थप प्राथमिकता दिन, जिल्लाका दुरदराजमा कार्यक्रम लैजान सुझाव दिएका थिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महाँसंघका प्रदेश सदस्य पुष्पराज भट्ट, अछाम जिल्ला शाखाका कार्यबाहक अध्यक्ष खम्म खत्री, सचिव होमबहादुर साउद लगायत बिभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *