वाक नेपाल र आस्था नेपाल द्वारा सन्चालित कार्यक्रमका बारेमा परिचयात्मक तथा प्रगती समिक्षा सम्पन्न
अछाम :वल्र्ड भिजन इन्टरनेशनल नेपाल संगको साझेदारिमा सन्चालित परियोजनाको एक दिने परिचयात्मक कार्यक्रम बिनायक र कमलबजारमा सम्पन्न भएको छ ।
आज बुधबार पञ्चदेवल बिनायक नगरपालिकामा नगरपालिकाका कार्यवहाक नगर प्रमुख पदम बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा
वाक नेपाल आस्था नेपाल वल्र्ड भिजनले गाउँपालिका भित्रका वडा तथा पालिका स्तर बाट २०१९ मा गरेका कृयाकलापहरुको बारेमा जानकारी गराउनुका साथै परियोजनाको बार्षिक प्रगतिको समिक्षा समेत गरीएको थियो । यसैबिच आगामि बर्ष २०२० मा गरिने क्रियाकलापको बारेमा पनि जानकारी तथा कृयाकलापहरुको अनुमानित बजेट समेत प्रस्तुत गरीएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत पदम माझी ,बिषयत शाखाका कर्मचारी ललगायतको सहभागिता रहेको थियो । यस्तै हिजो मंगलबार कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिशरण बजगाईको अध्यक्षतामा कमलबजारमा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष ललीत ढोली,वडा नम्बर ५ का वडा अध्यक्ष नन्दसिंह चलाउने,वडा नम्बर ३ का कार्यवहाक अध्यक्ष हर्क बहादुर भण्डारी,कमलबजार नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खडक बिष्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको बारेमा जानकारी आस्था नेपाल अछामका जिल्ला प्रबन्धक रुप बहादुर चन्द र प्रतिक्षा भण्डारीले गर्नभएको थियो भने कार्यक्रको संचालन हर्क बहादुर खड्काले गर्नुभएको थियो ।