मेल्लेखमा सन्चालित बिभिन्न संस्थाहरुको परिचयात्मक तथा प्रगती समिक्षा सम्पन्न
लालबहादुर चदारा, असोज १५ अछाम
वल्र्ड भिजन इन्टरनेशनल नेपाल संगको साझेदारिमा सन्चालित परियोजनाको एक दिने परिचयात्मक कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ । मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा भएको कार्यक्रममा वाक नेपाल आस्था नेपाल वल्र्ड भिजनले गाउँपालिका भित्रका वडा तथा पालिका स्तर बाट २०१९ मा गरेका कृयाकलापहरुको बारेमा जानकारी गराउनुका साथै परियोजनाको बार्षिक प्रगतिको समिक्षा समेत गरीएको थियो ।
यसैबिच आगामि बर्ष २०२० मा गरिने क्रियाकलापको बारेमा पनि जानकारी तथा कृयाकलापहरुको अनुमानित बजेट समेत प्रश्तुत गरीएको थियो । यस्तै वाक नेपाल पावर परियोजना बाट गरिने कृयाकलापको लागि कुल बजेट २९ लाख ५८ हजार, वल्र्ड भिजन परियोजना अन्तरगत बाल स्पोनसरसिप शिक्षा परियोजना तथा बिपत जोखिम परियोजना गरि जम्मा १ करोड ७२ लाख भन्दा बढिको बजेट प्रसतुत गरीएको छ ।

यस्तै mchn परियोजनाको ७९ लाख २६ हजार ९ सय ८४ बराबरको बजेट प्रसतुत गरीनुका साथै ऋभकउ परियाजना अन्तरगत ३६ लाख भन्दा बढिको बजेट प्रसतुत गरेको छ । सस्थाले हाल मेल्लेखका सबै वडामा कार्यक्रम लागु गरेको छ । कार्यक्रममा आस्था नेपालले गरेको कृयाकलापको जानकारी आस्था नेपालका टिम लिडर सिबराज ढुगेना र वाक नेपाल अछामले गरेका कामको बारेमा बम भट्टले जानकारी गराउनुभएको थियोे ।
२०१९ मा भए गरेका कृयाकलापहरु उपलब्धि मुलक रहेको पनि सरोकारवाला हरुले बताएका छन । सस्थाले सामाजिक कुरुतिका कार्यक्रम लाई बढि जोड दिरहेका छन । कार्यक्रममा वाक नेपाल वल्र्ड भिजन र आस्था नेपालको सयुत्त आयोजनामा भएको कार्यक्रममा आठै वडाका वडा अध्यक्षहरु सस्थाको तर्फबाट आस्था नेपालका भवानसिह सार्कि , गणेश रेग्मी, सारदा थापा, कुल बहादुर रावत, प्रेम साउद महेश खडका बालिका रोकाय र सुचना खडका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वाक नेपाल पावर परियोजनाका सामाजिक परिचालक पुजा रावलले गर्नु भएको थियो ।