कार्तिक, २८ अछाम
वल्र्ड भिजन सङ्गको साझेदारीमा वाक नेपालद्वारा सन्चालित पावर परियोजनाको आयोजनमा बाल क्लबका प्रतिनिधिलाई अन्तर पुस्ता संवाद सन्चालन सम्बन्धि ३ दिने क्षमता बिकास तालिम तालिम सुरु भएको छ । वाक नेपालका उपाध्यक्ष बल वहादुर केसीको अध्यक्षतामा उदघाटन कार्यक्रम कार्यक्रम सप्पन्न भएको छ ।
बालबालिकाहरुलाई बालबालिका हक अधिकारका बारेमा जानकारी दिनुका साथै बालबालिको क्षमता बिकास गर्नको लागि तालिमको आयोजन गरेको पावर परियोजनाका जिल्ला सयोजक पदम भट्टले जानकारी दिनु भयो । तालिममा जिल्लाका ४ पालिकाका २५ जना बालबालिकाको सहभागीता रहेकोे छ ।
साँफेबगर, कमलबजार, पन्चदेवल बिनायक नगरपालिका र मेल्लेख गाउँपालिकाका बालबालिकाको सहभागिता रहेको छ । तालिमको सहजीकरण पावर परियोजनाका जिल्ला सयोजक पदम भट्ट, रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुवरले गरीरहनु भएको छ । उद्घाटन कार्यक्रमको सन्चालन पावर परियोजनाका परिचालिका पुजा रावलले गर्नु भएको थियो ।