वाक नेपाल अछामकाे २२ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

मंसिर ६, अछाम

सामाजिक रुपान्तरणका क्षेत्रमा पहुँच र सृजनाको लागि सहकार्य वाक नेपालको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् । वाक नेपालको २२ औ वार्षिक उत्सव कार्यक्रमका सहभागिले जिल्लाभर सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रसंसा गरेका छन् ।

वार्षिक उत्सव कार्यक्रममा वोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा साँफेबगर संगठन कमिटी सचिव प्रेम विकले वाक नेपालले आर्थिक अवस्था कमजोर भएका वर्गको क्षमता अभिबृद्धि जस्ता काम समाजको लागि उदाहरणीय बनेको बताउनु भयो । कार्यक्रमा वोल्दै नेपाली काँग्रेसका नगर सभापति खम्म कुँवरले गैससले कार्यक्रम बनाउँदा स्थानीय तहसँग समन्वय गरी बनाउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जनता वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णराज जैशीले देशमा चलेको १० वर्षीय द्घन्द्घकाल देखि निरन्तर रुपमा वाक नेपालले आर्थिक अवस्था कमजोर भएका वर्गको जिविकोपार्जन देखि अन्य आयमुलक कार्यक्रमले पछाडि परेका समुदायलाई सहज भएको बताउनु भयो । विकासमा निस्वार्थ भाबले काम गरी राज्यलाई सहयोग गर्ने संस्थाहरु पनि छन् भन्ने उदाहण वाक नेपालले दिएको बताउनु भयो ।

वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले वाक नेपाल स्थापनादेखि अहिलेसम्म आफ्नो कतव्र्यबाट विचलित नभएको बताउँदै आगमि दिनमा पनि स्थानीय सरकारसँग सहकार्य गर्दै वाक नेपालको प्राविधिक ज्ञान सामाजिक क्षेत्रमा खर्च गरिने बताउनु भयो ।

वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीले स्थापनाकाल देखि सकारात्मक र सामाजिक परिवर्तन, विकास निर्माणका क्षेत्रमा वाक नेपालले काम गर्दै आएको जानकारी गराउनु भएको थियो । यस्तै वाक नेपालका कार्यकारी निर्देशक देविलाल उपाध्यायले वाक नेपालले शिक्षा, जिविकोपार्जन र स्वास्थ क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको जानकारी गराउनु भएको थियो ।

वाक नेपालको स्थापना २०५४ साल मंसिर ६ गते स्थापना भएको थियो । वार्षिक उत्सव कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिंह, ईलाका प्रहरी कार्यालयका प्रमुख नरपति भट्ट, रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुँवर, एरर्पोट हाट वजार व्यवस्थापन समितिका अध्यक्ष झंकर कुँवर,

नगर स्तरीय युवा सञ्जालका अध्यक्ष पूजा वुढा, युनिस्कोका अछाम वाजुरा प्रमुख जनक भट्ट लगायत बैंक तथा वित्तिय संस्थाका प्रमुख प्रतिनिधि, वाक नेपालका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । वाक नेपालका सचिव अप्सरा कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन महासचिव ममिर मियाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *