पाउरोटी उत्पादन उद्योगको उद्घाटन
मंसीर ८, अछाम ।
बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा जयगढ पाउरोटी उत्पादन उद्योगको उद्घाटन गरिएको छ । पाउरोटी उत्पादनको काम सुरु गरे संगै आईतबार एक कार्यक्रमका बिच उद्योगको उद्घाटन गरिएको हो । बान्नीगढी जयगढ गाउँपालिकाको ४० प्रतिशत, गैरसरकारी संस्था वाक नेपालको ४० प्रतिशत र स्थानिय युवाहरुको २० प्रतिशत लगानीमा स्थापना गरिएको उद्योगको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले उद्घाटन गर्नु भएको हो ।
पाउरोटी उद्योगको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खड्काले यूवाहरुको जोस जागरले पालिकामा पाउरोटी उद्योग सञ्चालन भएको भन्दै प्रसंसा व्यक्त गर्नु भएको थियो । उहाँले बेरोजगार यूवाहरुका लागी आफु र गाउँपालिका सरकार सहयोग गर्न सधैँ तयार रहेको भन्दै उद्योगमा संलग्न युवाहरुलाई पनि सहयोग गरेको र आगामी दिनमा पनि केही समस्या भएमा सहयोग गरिने बताउनु भयो ।
पाउरोटी उद्योग स्थापना भईसकेपछि यसको निरन्तर्ताको लागी युवाहरुले सक्रिय बन्नु पर्ने कुरामा जोड दीदै अध्यक्ष खड्काले तत्कालका लागी खानेपानि र चर्पिको व्यावस्था गाउँपालिकाले गरीदीने कुरा उल्लेख गर्नुभयो । साथै उहाँले पालिकाका यवाहरु लाई रोजगार बनाउनको लागी बिशेष योजनाका साथ अगाडी बढेको समेत जानकारी गराउनु भएको थियो ।
पाउरोटी उद्योग उद्घाटन कार्यक्रमकामा बिशिष्ठ अतिथि बान्नीगढी जगढगाउँपालिका वडा नम्वर ४ तिमिल्सैनका वडा अध्यक्षे कर्ण बहादुर ठकुलला, वडा नम्वर ५ कालिकाका वडा अध्यक्ष लाल कामी रहनु भएको थियो । यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधीकृत शैलेस राज ढुङ्गाना, सुचना अधिकारी बसन्त रावल, पशु सेवा शाखा प्रमुख हर्क बहादुर शाही, वाक नेपालका उपाध्यक्ष बल बहादुर केसी, वाक नेपाल बुलगारी परियोजनाका जिल्ला संययोक चन्द्र बहादुर साखि, बुलगारी परियोजनाका बिकास सुपरिवेक्ष महादेव ओझा लगायत स्थानीय व्यापारी बुद्धिजीवी, सरोकारवाला र राजनितिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
जयगढ पाउरोटी उद्योगका उपाध्यक्ष हिमकला जैशीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन बान्नीगढी कुखुरा दाना उद्योगका अध्यक्ष खेमराज ओझाले गर्नु भएको थियो । सेभ द चिल्ड्रेन र वाक नेपाल बुलगारी परियोजनाको आर्थिक सहयोग र जयगढ पाउरोटी उद्योगको आयोजनामा उद्योगको उद्घाटन गरिएको हो ।