सामाजिक कुप्रथा विरुद्ध सरोकारवालासँग छलफल

पुस अछाम

      वाक नेपाल र वल्र्ड भिजनको सहकार्यक्रमा सञ्चालित पावर परियोजनाको आयोजनामा समुदाय प्रहरी साँझेदारी कार्यक्रम वडा नं.४ मष्टमान्र्डौस्थित भण्डारी गाउँमा सम्पन्न भएको छ । वडा स्तरिय छाउपठि उन्मुलन समितिका अध्यक्ष धनबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व जिविस सदस्य देवबहादुर कुँवर रहनुभएको थियो।

     कार्यक्रममा वोल्दै उहाँले सामाजिक कुप्रथा विरुद्ध सवैले हातेमाले गरेर अघि बढ्नुपर्नेमा जानकारी दिनुभयो । उहाँले छाउ गोठमा बस्ने, वालविवाह, वहुविवाह गर्नेलाई कानुनी कार्वाहीको लागि प्रहरीलाई सहयोग गर्ने वताउनुभयो । पावर परियोजनाले सामाजिक कुप्रथाका विरुद्ध थालेको अभियानको प्रसंशा गर्नुभयो । 


यस्तै कार्यक्रमको सहजिकरण गर्दै ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले अव छाउगोठमा बस्ने र बसाउने लगाउने दुवैलाई कानुनी कार्वाही गरिने बताउनुभएको छ । उहाँले कानुन विपरित गर्ने कसैलाई छुट नहुने बताउनुभयो । कार्यक्रममा छाउ कुप्रथाको उन्मुलन, वालविवाह तथा वहुविवाहको न्यूनिकरणको वारेमा छलफल भएको थियो ।  

   कार्यक्रममा वडा स्तरीय वाल संरक्षण समितिका अध्यक्ष लालबहादुर रावत, मष्टमान्र्डौ स्वास्थ्य चौकीका ईन्चार्ज भक्त भण्डारी, भगवति आधारभुत विद्यालयका शिक्षक धोजबहादुर वुड्थापा, प्रगतिशिल आधारभूत विद्यालयका प्रअ चक्र कुँवर, धामी सर्जन भूल, वाक नेपालका हिमाल वुढा लगायतको सहभागिता रहेको थियो । पावर परियोजनाका सुपरभाईजर बम भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *