सामाजिक रुपान्तरणको लागि वाक नेपालसँग स्थानीय तह सहकार्य गर्न ईच्छुक

कल्पना बोहरा,भाद्र २९ अछाम
     सामाजिक रुपान्तरणको लागि वाक नेपालको खेलेको भूमिकाकोे अछामका जनप्रतिनिधिले प्रसंशा गरेका छन्। वाक नेपालमा आज साँफेबगरमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा वोल्दै उनिहरुले विपन्न समुदायको उत्थान देखि, आयआयर्जन कार्यक्रम सञ्चालन, शिक्षा स्वास्थ्य, कृषि तथा विकास निर्माणमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवरले अछाममा साक्षर घोषणा कार्यक्रममा वाक नेपालको भूमिकाको खुलेर प्रसंशा गर्नुभयो । उहाँले स्थानीय तहले गर्नुपर्ने काम वाक नेपालले गरेर साक्षर अभियानलाई सफल बनाएकोे बताउनुभयो । यस्तैे उहाँले जिल्लामा क्रियाशिल गैससहरुले पारदर्शिता बन्नको लागि वाक नेपालले गरेको कार्यहरुको अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।


    कार्यक्रममा वोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले (वाक) नेपालले गरीबी, विपन्नता, अन्याय र जोखिमतामा रहेका बालबालिका, महिला र पिछडीएका÷सिमान्तकृत समुदायको सामाजिक रुपान्तरणका साथै आर्थिक सम्बृद्धिमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो । उहाँले वढ्दै गएको वेरोजागर न्यूनिकरणको लागि वाक नेपालले सञ्चालन गरेको कार्यक्रम चौरपाटी गाउँपालिकामा प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले आगामि दिनमा वाक नेपालसँग चौरपाटी गाउँपालिका सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।


   साँफेबगर नगरपालिकाका कार्वाहक प्रमुख विर्मला देवि वुड्थापाले आर्थिक विपन्नता समुदायको लागि वाक नेपालले सञ्चालन गरेका कार्यक्रमहरुले जिविकोपार्जनमा मद्दत पुगेको बताउनुभयो । उहाँले जिल्लामा केही वर्ष अघि भयावह रुपमा रहेको एचआईभि एड्सको रोकथाम तथा न्यूनिकरणको लागि वाक नेपालले सञ्चालन गरेको कार्यक्रमले ठूलो योगदान पुगेको बताउनुभयो । यस्तै कार्वाहक प्रमुख वुड्थापाले सामाजिक रुपान्तरण क्षेत्रमा क्रियाशिल वाक नेपालसँग साँफेबगर नगरपालिका सहकार्य गरेर अघि वढ्न तयार रहेको पनि जानकारी दिनुभयो । 


   सामाजिक लेखा परिक्षण कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष खम्म खत्री, गैससका अध्यक्ष टंकप्रसाद ढुंगाना, सेभ द चिल्ड्रेनका अछामका कार्यक्रम संयोजक प्रतिमा कुँवर, लभान्वित समुदायका खेमराज ओझाले सामाजिक रुपान्तरणको माध्यमबाट लक्षित समुदायको अभाव र आवश्यकतालाई वाक नेपालले सम्वोधन गर्न कार्यक्रम ल्याउन सफल भएको बताएका थिए । 


    कार्यक्रममा सहभागिका जिज्ञासाका जवाफ दिदै वाक नेपालका उपाध्यक्ष वलबहादुर केसीले वाक नेपालले कुनै वर्ग, जाति, धर्म सम्प्रदाय र वैचारिक आस्थाको दृष्टिकोणले भेदभाव नगरी सबैको आर्थिक समुन्नति मार्फत शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने काम गर्दै आएको बताउनुभयो । उहाँले सहभागिले दिएका सुझावलाई ग्रहण गर्दै अघि वढ्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 


     यस्तै उहाँले स्थानीय तहलाई सघाउन तथा विकास निर्माणका काममा वाक नेपाल साझेदार बन्न तयार रहेको बताउनुभयो । सामाजिक लेखा परिक्षण कार्यक्रममा वाक नेपालका व्यवस्थापक चेतराज जोशीले ०७६÷०७७ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वाक नेपालले अछाम र वाजुराका दुई वटा स्थानीय तहमा दिगो जिविकोपार्जन, स्वास्थ्य र दिर्घजीवन, शिक्षा, विपद् व्यवस्थापन, सु–शासन अधिकार र संरक्षण, तथा संस्थागत विकास र क्षमता अभिवृद्धिको क्षेत्रमा समुदायको स्तरमा सुधार ल्याउनको लागि काम गर्दै आएको छ । वाक नेपालका एसएमटी सदस्य कविराज जोशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुँवरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *