वाक नेपालको २३ औं वार्षिक सभा साँफेबगरमा सम्पन्न

भाद्र ३१ अछाम

       वाक नेपालको २३ औं वार्षिक साधारण सभा आज साँफेबगरमा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण वाक नेपालले भर्चुअल बैठक मार्फत साधारण सभाको आयोजना गरेको थियो । भर्चुअल बैठक मार्फत आयोजना गरिएको बन्द सत्र कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी अछामका अध्यक्ष शेरबहादुर कुँवरले विकास निर्माणदेखि सचेतनाका कार्यक्रममा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले विपन्न समुदायको उत्थानदेखि, आयआयर्जन कार्यक्रम सञ्चालन, शिक्षा स्वास्थ्य, कृषि तथा विकास निर्माणमा वाक नेपाल अछाममा खेलेको भूमिकाको प्रसंशा गर्नुभएको छ ।

      गरीबी, विपन्नता, अन्याय र जोखिमतामा रहेका बालबालिका, महिला र पिछडीएका समुदायको आयस्तरमा परिवर्तनमा वाक नेपालको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै उहाँले अहिले कोरोना भाइरसको महामारीका कारण अछाम जिल्ला पनि आक्रान्त रहेका कारण त्यसतर्फ वाक नेपालका कार्यक्रमहरु केन्द्रित हुनुपर्नेमा सुझाव दिनुभयो । उहाँले शैक्षिक क्षेत्र तथा वेरोजगार समुदायको जीवन स्तरमा परिवर्तन गर्न कार्यक्रमहरु ल्याउन पनि आग्रह गर्नुभएको छ ।

      यस्तै खुल्ला सत्रमा वोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले वाक नेपालले सञ्चालन गर्ने क्रियाकलापहरुले सवै समुदायको जिवनतस्तर परिवर्तनमा सहयोग पुगेको बताउनुभयोे । उहाँले अव वाक नेपालले अहिलेको सृृजित अवस्थालाई मध्यनगर गदै आफ्ना कार्यक्रम ल्याउनको लागि सुझाव दिनुभयो । जिल्लामा क्रियाशिल संस्थाहरुले पनि पारदर्शि रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

     मंगलसैन नगर प्रमुख पदम वोहराले गैससले स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले जिल्लाको समृद्धिको लागि गैसस र स्थानीय तह मिलेर अघि वढ्नुपर्नेमा जोड दिनुभएको छ । साधारण सभामा वोल्दै  शिक्षा विकास समन्वय ईकाइ अछामका प्रमुख लक्ष्मण गिरी, नेपाल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष तिलक कुँवर, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले कोरोना भाईरसका कारण समस्या रहेका समुदायका हित हुने कार्यक्रमहरु ल्याउन सुझाव दिएका थिए।

     कार्यक्रममा सहभागिका जिज्ञासा सहित समापन दिदै वाक नेपालका अध्यक्ष मिनबहादुर कुँवरले वाक नेपालले सबैको आर्थिक समुन्नति मार्फत शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने काम गर्दै आएको बताउनुभयो । उहाँले सहभागिले दिएका सुझावलाई ग्रहण गर्दै अघि वढ्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै उहाँले स्थानीय तहलाई सघाउन तथा विकास निर्माणका काममा वाक नेपाल साँझेदार बन्न तयार रहेको बताउनुभयो । सामाजिक लेखा परिक्षण कार्यक्रममा वाक नेपालका व्यवस्थापक चेतराज जोशीले ०७६÷०७७ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    वाक नेपालले अछामका अधिकांस स्थानीय तह र वाजुराका दुई वटा स्थानीय तहमा दिगो जिविकोपार्जन, स्वास्थ्य र दिर्घजीवन, शिक्षा, विपद् व्यवस्थापन, सु–शासन अधिकार र संरक्षण, तथा संस्थागत विकास र क्षमता अभिवृद्धिको क्षेत्रमा समुदायको स्तरमा सुधार ल्याउनको लागि काम गर्दै आएको छ । वाक नेपालका उपाध्यक्ष बलबहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन वाक नेपालका महासचिव ममिन मियाले गर्नुभएको थियो ।

https://www.radiojanapriya.org.np/news-details/4216/2020-09-17?fbclid=IwAR190Fss_s8ZLabdEZGqPPqf6rYbEyM5e7y1HOHN_-jJ536dUvIbHrEuJYo

https://www.agnisamachar.com/13390/

Leave a Reply

Your email address will not be published. Required fields are marked *