यूरेका परियोजना सुभारम्भ तथा परिचयात्मक बैठक सम्पन्न

अछाम : बान्निगढी जयगढ गाउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्षेत्र रहने गरि सञ्चलित यूरेका परियोजनाको पालिका स्तरिय परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल), रिन्यूएबल वल्र्ड र सप्रोस नेपालको सयूक्त साझेदारीमा बैकल्पिक उर्जा प्रविधिको प्रयोग मार्फत बहु–उपयोगि पानि प्रणलीको स्थापना तथा प्रयोग गरि विपन्न परिवारको कृषि, स्वास्थ्य, पोषण तथा आयआर्जन सुधार र स्वच्छता पर्वद्धन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरीएको हो ।

वाक नेपालका कार्यसमिति अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षता भएको परिचयात्मक कार्यक्रम पञ्चदेवल बिनायक नगरपालिकाका नगर उप प्रमूख अम्बिका चलाउने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै उप प्रमुख चलाउनेले वाक नेपाल लगायत अन्य साझेदार संस्थाहरुको पहलमा पालिकामा परियोजना लागु गरेकोमा ३ वटै साझेदार संस्थाहरुलाई धन्यवाद दिनुभएको छ ।

उहाँले अनुसार कार्यक्रमको लक्ष्य तथा उदेश्य पूरा गर्न स्थानिय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धताका साथ परियोजनाको सफलताको सुभकामना ब्यक्त गर्नु भएको थियो । त्यस्तै बैठकमा बोल्दै नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत नरेश न्यौपानेले परियोजनाले योजना गरेको सोलारको प्रयोग गरि बहु–उपयोगि पानि प्रबधि पालिका क्षेत्रमा नयाँ कार्यको थालनि भएको र परियोजनाको सफल कार्यान्वयनका लागि पलिाका सदैब तयार रहने कुरा बताउनु भयो ।

कार्यक्रममा बोल्दै वाक नेपाल अछामका अध्यक्ष मिन बहादुर कुँवरले वाक नेपाल स्थानिय सरकारको कामकाजमा सघाउदै आईरहेको जानकारी गर्दै आगामि दनिमा यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । साथै उहाँले परियोजनाहरुको सफल कार्यान्वयनका लागि स्थानिय सरकारले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै निरन्तर सहयोगको आशा स्थानिय सरकारबाट गरिएको बताउनुभयो ।

बैठकमा पञ्चदेवल बिनायक नगरपालिका वडा नः ४ का वडाअध्यक्ष सज्जन बहादुर शाहि, वडा नः ७ का वडाअध्यक्ष गोबिन्द बहादुर रावल, नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत नरेश न्यौपाने, प्रशासन शाखा प्रमूख रमेश ढकाल, कृषि शाखा प्रमूख महाजित बि.क, पशु शाखा प्रमूख प्रेम जैशी, स्वास्थ्य शाखा प्रमूख लक्ष्मिकान्त बजगाई, लेखा प्रमूख धु्रब बहादुर खत्रि, सव इन्जिनियर तिर्थराज न्यौपाने, मर्सिकोर नेपालका जिल्ला संयोजक प्रेम बि.क, रिन्यूएबल वल्र्डका सुमन श्रेष्ठ, सप्रोस नेपालका राजमान श्रेष्ठ लगायत वाक नेपालका हिमाल बुढा, चक्र बहादुर कुँवर, जयन्ति अधिकारी, जयन्ति बडुवाल लगायतको उपस्थिति रहेको बैठकको सञ्चालन वाक नेपालका कार्यक्रम ब्यबस्थापक चेतराज जोशीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *