सामाजिक रुपान्तरणको लागि वाक नेपालको भुमिका महत्वपूर्ण छ , नगर प्रमुख कुँवर
सामाजिक रुपान्तरणको लागि वाक नेपालको भुमिका महत्वपूर्ण रहेको साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवर बताउनुभएको । पहुच र सृजनाका लागि सहकार्य वाक नेपालद्धारा संञ्चालित सामाजिक रुपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाको पालिका स्तरिय परिचयात्मक कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले वाक नेपालले संञ्चालन गरेका सामाजिक रुपान्तरणको लागी कहत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सामाजिक रुपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाले यो १८ महिनामा राम्रो मोडालिटीबाट काम गरे नगरपालिका सहकार्य गरेर अगाडी बढने बताउनुभएको छ । कार्यक्राले पछाडी परेका महिलाको लागी राम्रो प्रतिफल दिने गरि काम गरे नगरपालिका संगसंगै अगाडी बढ्नेमा बिश्वास व्याक्त गर्नु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी नगरपालिकाका उपप्रमुख र्बिमला देवि बुडथापाले पछाडी परेका बर्गलाई कसरी सामाजिक, आर्थिक र राजनितीक रुपमा अगाडी ल्याउन सकिन्छ भन्ने बिषयको यो कार्यक्रम सहानिय रहेको बताउनुभयो । पहिले भन्दा केहि परिबर्तन भएपनि अझै गाउँघरमा दिदिबहिनी आफनो परिचय पनि दिन नसक्ने अवस्थाका रहेकाले उनिहरुलाई सशक्त बनाउनको लागी स्थानिय तह बिभिन्न संघ संस्थाले सम्पूर्ण भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले वाक नेपालले हाल अछाम १० वटै पालिका र डोटीका ७ वटा पालिकामा काम गरीरहेको उहाँले बताउनुभयो । बिगतका कामबाट पाड सिक्दै आफुहरु शुन्य सहनशिलताको अबधारण अनुसार काम गरीरहेको बताउनु भयो । साथै उहाँले संघसंस्था सरकारका सहयोगी भएकाले सरकार संङसंगै अगाडी बढ्ने बताउनुभयो ।
वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख कुल बहादुर कुँवर रहनु भएको थियो । पालका स्तरका सरोकारवालाहरु माझ परियोजनाको बारेमा जानकारी गरि सुझाव सहल्लहा लिने र परियोजनाको औपचारीक कार्यान्वयनको सुरुवातीको जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको वाक नेपालका कार्यक्रम व्यावस्थापक चेतराज जोशीले बताउनुभयो । संस्था र परियोजनाको बारेमा जानकारी गराउदै उहँले हाल वाक नेपालले ७ ओटा परियोजना संञ्चालन गरीरहेको बताउनु भएको थियो । सामाजिक रुपान्तरणका लागी महिला सशक्तिकरण परियोजना साँफेबगर नगरपालिकाको ३ वटा वडमा संञ्चालन हुने छ । नगरपालिकाका वडा नम्बर २ जाल्पनदेवी, वडा नम्बर १० घुघुरकोट र वडा नम्बर १३ बाब्लामा परियोजना संञ्चालन हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा वाक नेपालका लेखा सहयक रामसिह रानाले परियोजनाको १८ महिने कार्यक्रमको लागी ३७ लाख ८१ हजार बजेट रहेको जानकारी गराउनु भएको थियो । वाक नेपालको आयोजना र के एन एच को सहयोगमा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कालु सिंह कुँवर, वडा नम्बर १० का अध्यक्ष लाल बहादुर खड्का, वडा नम्बर १३ का अध्यक्ष सागर सिंह बाब्ली, नगर शिक्षा शाखा प्रमुख हिरा दत्त भट्टले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशी, परियोजनाका सहजकर्ता लगाएतको सहभागीता रहेको थियो । पहुच र सृजनाका लागि सहकार्य वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीले स्वागत मनतव्य राख्नु भएको कार्यक्रमको संञ्चालन परियोजनाका अधिकृत सत्य स्वारले गर्नु भएको थियो ।