बिन्देवासिनिमा स्वास्थ्य सेवा प्रर्बद्धनका लागि अन्तरक्रिया
बैशाख २३, अछाम
स्वास्थ्य सेवा प्रर्बद्धनका लागि अन्तरक्रियात्मक छलफल कार्यक्रम मेल्लेख गाउँपालिका ५ बिन्देवासिनिमा सम्पन्न भएको छ । पहुँच सिर्जनााका लागि सहकार्य नेपाल वाक नेपाल वाक नेपालद्धारा सञ्चालित मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजना र स्वास्थ्य सेवा प्रबर्द्धनका लागि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मार्फत स्वास्थ्य क्षेत्रका समस्याहरुको पहिचान गरि समाधानका उपायहरु खेजी बार्षिक कार्ययोजना समेत तयार पारिएको छ ।
मेल्लेख गाउँपालिका ५ बिन्देवासिनिका कार्यबाहक वडा अध्यक्ष गोपाल सार्किको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका पार्टी प्रतिनिधि वीर बहादुर साउँद, नेपाली कांग्रेसका मोती भुल, स्वास्थ्य चौकी बिन्देवासिनिका ईन्चार्ज देबेन्द्र साउद, अनमी कौशिल्ला अधिकारी, ममता रोकाया, बयलपाटा अस्पतालका प्रतिनिधि आशा भट्ट, वाक नेपालका हिरेन्द्र कुँवर, सुआहाराका डन्डी प्रसाद ढुङ्गाना, महिला स्वास्थ्य स्यंम सेविका, बुद्धिजीवि लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण एकेन्द्र महताले गर्नु भएको थियो ।