वाक नेपालको अध्यक्षमा बलबहादुर केसी निर्वाचित

वाक नेपालको ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै साँफेबगरमा सम्पन्न भएको छ । अधिवेशनले बल बहादुर केसिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको नवनिर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्ष ममिन मियाँ, महासचि अप्सरा कुँवर, सचिव निरा कडायत, कोषाध्यक्ष शुशिला बोगटी,  सदस्य मीन बहादुर कुँवर छत्रमान ताम्राकार लगायत रहनुभएको छ ।

नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुने संस्थाले जनाएको छ । यसअघि संस्थाका अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा भएको साधारणसभाको उदघाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुवरले उदघाटन गर्नुभएको थियो ।

साधारण सभामा संस्थाका साधारण सदस्य, कर्मचारीहरु र सरोकारवालाहरुको सहभागिता रहेको संस्थाका कर्मचारी कृति खडकाले जानकारी दिनुभयो ।

वाक नेपाल अछाममा क्रियाशिल सामाजिक संघसंस्थाहरुमा अग्रणी संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *