चाल्साका दुई सय परिवारलाई जुठ्यान सुधार निर्माण सामाग्री वितरण
चैत, ९ अछाम
वाक नेपाल र वल्डभिजन द्वारा सञ्चालित मातृ तथा वाल स्वास्थ्य र पोषण कार्यक्रमको आयोजनामा कमलवजार नगरपालिका वडा नं ४ चाल्साका दुई सय परिवारलाई जुठ्यान सुधारका लागि आवश्यक सामाग्री वितरण गरिएको छ । वडाका दुई सय परिवारलाई प्रति परिवार आधा कट्टा सिमेन्ट, दूई पिस सावुन, एक पिस सावुन राख्ने डिब्बा र वाल्टिन वितरण गरिएको छ ।
कमलवजार नगरपालिका वडा नं ४ का कार्यवाहक वडा अध्यक्ष जागृति साउदको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । वितरण कार्यक्रममा वाक नेपाल कोषाध्यक्ष निरा कडायत, नेकपा पार्टी प्रतिनिधि मिन बहादुर साउद, नेपली कांग्रेस पार्टी प्रतिनिधि खडक सिंह थापा, नया शक्ति पार्टी प्रतिनिधि धन बहादुर थापा, पशुपति मावि शिक्षक भरतराज रेग्मी, चाल्सा स्वाथ्य चौकी प्रतिनिधि पदमा बलायर, वाक नेपाल पावर परियोजना मिल हिमाल बुढा लगायतको सहभागिता रहेको थियो ।
वितरण कार्यक्रममा वोल्दै वाक नेपालका कोषाध्यक्ष निरा कडायतले समुदायमा सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउने उद्वेश्यले सामाग्री वितरण गरिएको बताउनु भयो । उहाँले वितरण गरेका सामाग्रीको समुदायले प्रतिफल प्राप्त गर्नु पर्नेमा जोड दिनु भयो । सोहि वडामा वाँकी २५० परिवारलाई केहि दिनमै सामान वितरण गरिने मिल हिमाल बुढाले जानकारी दिनु भयो ।
