नन्देगडा बालसंजालको आयोजना अन्तर पुस्ता सम्बाद कार्यक्रम
नन्देगडा बालसंजालको आयोजना मेल्लेख गाउँ पालिका वडा नं.७ नन्देगडा को समन्वय तथा वाक नेपाल र वर्ल्ड भिजन को साझेदारीमा संचालित पावर परियोजना को आर्थिक सहयोगमा अन्तर पुस्ता सम्बाद कार्यक्रम सम्पन्न भयको छ।वाल संजाल का सचिब कुशराज बुढाको स्वगत मन्तव्य बाट सुरु भयको कार्यक्रम को अध्यक्षता बालसंजाल का अध्यक्ष विद्या साउदले गर्नु भयको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष नर बहादुर साउद रहनुभयको थियो ।कार्यक्रममा वडा अध्यक्ष ,वडा सदस्यहरु,वालसंरक्षण समितिका संयोजक,महिला संजालका प्रतिनिधि ,शिक्षक,दलित प्रतिनिधि , वालसंरक्षण समिती का सदस्यहरु ,राजनैतिक दलका प्रतिनिधि , समाजसेवी ,बुद्धिजीवी ,सामुदायिक अध्यन केन्द्रका प्रतिनिधि , बाल संजालका सदस्यहरु गरि ५६ जनाको सहभागिता रहेको थियो । सामाजिक परिचालक नृप बहादुर बुढाले संचालन गरेको कार्यक्रम को सहजिकरण वाक नेपालका परियोजना सुपरभाइजर बम भट्ट ले गरेका थिय । बाल संजालका प्रतिनिधि हरुले बालबालिका सवाल र मुद्दा हरुको बारेमा आफ्ना समस्या सरोकार वालाहरुलाई जानकारी गरायका थिय भने सम्बन्धित सरोकारवालाहरुले बालबालिकाका जिज्ञासा पूरा गरेका थिय ।साथै सहभागीहरुले आगामी दिनमा बालबालिकाका सरोकार का बिषय माथी आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनायका थिय ।