“हरेक बार खाना चार”का बारेमा जानकार हुँदै महिला

एकेन्द्र महता, भाद्र ४, साँफेबगर अछाम
               ग्रामिण क्षेत्रका महिलाहरु पोषण “हरेक बार खाना चार”का बारेमा जानकार हुँदै गएका छन् । मेल्लेख गाउँपालिका, वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल, र वाक–नेपाल द्धारा सञ्चालित मातृ शिशु तथा बाल स्वास्थ्य पाष्ोण परियाजना सञ्चालित भएपछि महिलाहरु मातृ शिशु स्वास्थ्य तथा पोषणका बारेमा जानकार हुँदै गएका हुन् । मातृ शिशु स्वास्थ्य तथा पोषण परियोजना र समुदायको क्रियाशीलताले मेल्लेख गाउँपालिका वडा नं. ७ नन्देगडाका महिलाहरु पाष्ोणका बारमो सचते हुँदँैगएका छन् । वडामा सञ्चालित उक्त आयोजनाको स्थलगत निरीक्षण गर्दा स्थानीयवासीले प्रजनन उमरे पुगेका महिला, सनौला हजार दिनका महिला तथा दुई वर्ष मुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने अभियानमा सक्रियताका साथ लागेको पाईएको छ । मेल्लेख गाउँपालिका नन्देगडा साविकको ३ नं. वडा चैतेका काफल टोलमा २५ जनाको सयपत्री स्वास्थ्य आमा समहु गठन गरिएको छ । सो आमा समूहको बैठकमा बालबालिकाको बृद्धि अनुगमन, स्वास्थ्य स्थिती, आमाले आफ्ना बालबालिकाको के–के कुरामा ध्यान दिएका छन् भन्ने बारेमा छलफल हुन्छ । सबै सदस्यहरुको उपस्थितीमा बालबालिकालाई खतराको चिन्हबाट कसरी बचाउने र खतराका चिन्ह देखा परे पछि तुरुन्तै स्वास्थ्य चौकी लैजाने भन्ने बिषयमा पनि छलफल हुन्छ ।

          बैठकमा स्वास्थ्य तथा पोषणका बारेमा मात्र नभएर बालबिबाह गर्न नदिने र यदि कसैले गरी हालेमा त्यो समस्या समाधान कसरी गर्ने बारे पनि छलफल हुने गरेको ‘सयपत्री स्वास्थ्य आमा समूह’का अध्यक्ष तथा हजार दिनका आमा पार्वती साउँदले बताउनु भयो–‘बच्चालाई दहीदुध, अण्डा, माछामासु, हरियो सागपात र जाउलो खुवाउछु । आफलूे वच्चा गर्भमा रहेदेखी नजन्मदा सम्मका सवै खोप पुरा गरेको, जुकाको औषधी खाएको, आईरन चक्की खाएको, स्वास्थ्य संस्थामा वच्चा जन्माएको कुरा बताउनु भयो । उहाँले बच्चालाई आफ्नो दुध सगंसगंै थप खनेकुरा खुवाउने, सरसफाईमा ध्यान दिने गरेको वताइन् । पहिले गर्भवती हुँदा गरुंगा भारी बोक्ने, आराम नगर्ने, पोषिला खानेकुरा नखाने भए पनि वडामा मातृ शिशु स्वास्थ्य तथा पोषण परियोजना सञ्चालनले विभिन्न किसिमका तालिमसंगै केही शिक्षा दिएपछि महिलाहरुले गर्भावस्था र सुत्केरी अवस्थाको बारेमा केही जानकारी पाईसकेका छन् । विशेष गरी सुनौला हजार दिन अभियान कार्यक्रमले महिलाहरुलाई आफ्नो स्वास्थ्य, सरसफाइर्, बाल स्याहारका बारेमा जानकारी गराएको उहाँले बताउनु भयो । विद्यालय जाने १० देखि १९ वर्ष उमेरका किशोरीलाई रक्त अल्पताबाट जोगाउन आईरन तथा पोलिक एसिड खुवाउने गरेको महिला स्वास्थ्य स्वम् सेविका जमना साउँदले भन्नुभयो –“विगतका दिनमा पोषण सम्बन्धि आफहूरुलाई कमै जानकारी भएको र अहिले विभिन्न कार्यक्रमहरु सञ्चालनमा आए देखि सहज भएकोछ ।  साउँदले भन्नु भयो–“रक्त अल्पताको समस्या देखिए काले आफूहरु पनि गाउँटोल, विद्यालय र स्वास्थ्य संस्थामा गएर रक्त अल्पता न्यूनि करण गर्न आईरन तथा पोलिक एसिड खुवाउँदै आएका छौँ ।”

          घर घरमा गएर महिलाहरुसंग भेटघाट गरी कुराकानी गर्छु कसैको महिनावारी रोकिएकोछ भने स्वास्थ्य संस्था गएर पिसाब जाँच गर्न सल्लाह दिन्छु ।” उहाँले भन्नुभयो–“गर्भ रहेको थाह भएमा आइर्रन चक्कि खान, जुकाको औषधी सेवन गर्न, पटक–पटक गर्भ जाँच गर्न, स्वास्थ्य संस्थामा नै सुत्केरी हुनुपर्छ र सर सफाईमा ध्यान सल्लाह दिन्छु ।” ‘सयपत्री स्वास्थ्य आमा समूह’का सदस्य कलु साउँदले चारओटा बच्चाको जन्म दिइर्न । तर सबै बच्चा उहाँले घरमै पाएको बताउनु भयो । उहाँले भन्नुभयो–“आफूले पहिले बच्चा पाउँदा बच्चाको नाल बाध्न धागो समेत पाएनौँ तर अहिले त धागोको त कुरै छोडौँ बच्चा र आमालाई लुगा, खाना सहतिको सुविधा आयो ।” उहाँले भन्नु भयो–“हामी समहुको बैठकमा स्वच्छ तरकारी तथा फलफूल खान र पोषणमा सुधार ल्याउन सबैले एक घर एक करेसाबारी बनाउनु पर्छ भन्ने बारे पनि छलफल गर्दै आएका छौँ ।” पोषणका बारेमा जानकारी पाएको, हरेक बार खाना चार, दैनिक जसो विभिन्न खालका खाना, फलफुल खानुका साथै सरसफाईका बारेमा अन्य धरै करुाहरु सिकको, खाना खानु अघि, बच्चा लाईखाना खुवाउनु अघि, चर्पी प्रयोग गरि सकेपछी साबुन पानीले हात धुनु पर्छ भन्ने कुराको जानकारी पाएको ‘सयपत्री स्वास्थ्य आमा समूह’ का सदस्य कलु साउँदले बताउनु भयो । अहिले पहिलको तुलनामा विभिन्न संघ संस्था र पोषणका कार्यक्रमहरुले महिलाहरुलाई तालिम दिए पछि समय–समयमा गर्भवती जाँच गर्ने, खोपको मात्रा पुरा गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको समुहका सदस्य बिर्मला खड्का (साउँद) ले भन्नु भयो–“मातृ शिशुलाई पोषणयुक्त खाने कुरा खुवाउने प्रतिको चासो एवम् उत्साहमा बृद्धिसगँै शिक्षा र स्वास्थ्य प्रति चेतना जागेको छ ।

           आफ्नै घर आगनमा पोषणयुक्त खाने कुराको उत्पादन गर्ने क्षमतामा पनि विकास गर्दै पोषणको स्थितिमा सुधार ल्याउने प्रयासमा छौँ ।” पहिले महिलालाई पोषण सम्बन्धी कमै जानकारी भएको र अहिले विभिन्न कार्यक्रमहरु सञ्चालनमा आए देखि सहज भएको छ ।” वाक नेपालद्धारा सञ्चालित मातृ शिशु स्वास्थ्य तथा पोषण परियोजनाका लक्ष्मी रावलले भन्नुभयो– “रक्त अल्पताको समस्या देखिएकाले आफूहरु पनि गाउँटोल, विद्यालय र स्वास्थ्य संस्थामा गएर रक्त अल्पता न्यूनिकरण गर्न आईरन तथा पोलिक एसिड खुवाउदै आएका छौँ ।” “घर–घरमा गएर महिलाहरुसगं भेटघाट गरि कुराकानी गर्छु कसैको महिनावारी रोकिएकोछ भने स्वास्थ्य संस्था गएर पिसाब जाँच गर्न सल्लाह दिन्छु ।” उहाँले थप्नुभयो–“गर्भ रहेको थाह भएमा आइर्रन चक्कि खान, जुकाको औषधी सेवान गर्न, पटक–पटक गर्भ जाँच गर्न, स्वास्थ्य संस्थामा नै सुत्केरी हुन र सरसफाईमा ध्यान दिन उनी सल्लाह दिन्छु ।” “किशोरीहरुलाई विभिन्न कार्यक्रमहरु गरेर आगामी दिनमा यसको अन्त्यका लागि कदम चाल्नेछौँ, यसैगरी समुहको बैठकमा बालबिवाह न्यूनीकरणका लागि पनि छलफल गर्दै आएका छौँ ।”


           “सुनौला हजार दिनका आमाहरुले बच्चाको मानसिक वृद्धिको लागि पौष्टिक तत्व खान आवश्यक हुने भएकाले गर्भवती महिलाले आफ्नै करेसावारीमा उत्पादन भएका पोषिला खाने कुरामा ध्यान दिनुपर्छ ।” मेल्लेख गाउपाँलिका वडा न.ं ७ नन्देगडाका वडा अध्यक्ष नर बहादुर साउँदले सुझाब दिनुभयो । उहाँले भन्नुभयो–“वडामा लागु भएका स्वास्थ्य सम्बन्धि काम गर्ने संघसंस्थाहरुले सन्तुलित खानेकुरा, सरसफाइ, सुरक्षित सुत्केरी र बालबालिकाको पोषणमा जोड दिए मातृ शिशु मृत्युदर कम गर्न सकिने र बालबालिकालाई कुपोषण हुन नदिन टेवा पुग्नेछ ।” सुनौला हजार दिनको अवधिमा आमा र बच्चाको पोषणमा ध्यान दिए स्वस्थ र उत्पादनशील जीवन सुनिश्चित गर्न सकिन्छ । बालबालिकाहरुको दिमागको विकास ८० प्रतिशत पनि यसै अवधिमा हुने भएकाले हजार दिनलाई निकै महत्वपूर्ण मानिन्छ । त्यसैले यो अवधिलाई सुनौला हजार दिन भनिएको हो । यही १००० दिनको अवधिमा प्राप्त हुने सही किसिमको पोषणले बच्चाको हुर्कने, सिक्ने तथा मानसिक शक्ति र शारीरिक क्षमता विकास हुने जस्ता प्रक्रियामा सहयोग पुर्याउने चिकित्सकहरु बताउँछन् । सुनौला हजार दिनको अवधिमा पोषणमा ध्यान दिए परिवार, समुदायमा कुपोषणको दर कम हुने र राष्ट्रलाई नै गरिबीको रेखामुुनी पर्नबाट जोगाउन सकिन्छ । विभिन्न अध्ययन र सर्वेक्षणहरुले हजार दिनको अवधिमा आमा र बच्चाले सही किसिमको पोषण पाएमा फाइदा पुग्ने देखाएको छ । महिलाहरुले गर्भावस्था, सुत्केरी आवस्था, स्वास्थ सरसफाई, बाल स्याहारका बारेमा जानकारी पाए विकट तथा दुरराजमा रहेका गाँउबस्तीका महिला बालवालिकाहरु सुपोषित हुने देखिन्छन् । समाजमा विद्यमान गरिबी र विपन्नताका कारण बालबालिका दीर्घ कुपोषणबाट ग्रसित भइरहेको परिप्रेक्षमा मातृ शिशु पोषणको स्थितिमा सुधार ल्याउन यो कार्यक्रमले सहयोग पुगेको देखिन्छ ।

अडियो सुन्न ततलको लिंकमा क्लिक गर्नुहोस ।

http://www.radiojanapriya.org.np/audio-gallery/53

http://www.radiojanapriya.org.np/news-details/1486/2019-08-21?fbclid=IwAR1Aq0MJnAisu0RXi7NWM9-DsfwqNkqvh2hm9ELbIjN2D_-7SUNZmJfENc0#.XV03qvLxgOQ.facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *