मेल्लेखमा जलबायूमैत्रि कृषक पाठशालाको समापन 

अछामको मेल्लेख गाँउपालिकामा जलबायूमैत्रि कृषक पाठशालाको समापन गरिएको छ । गाँउपालिकाको वडा नम्बर ३ र ४ का ७५ जना कृषकहरुको सहभागितामा एक कार्यक्रम गरि पाठशालाको समापन गरिएको हो । वल्डभिजन नेपाल र वाक नेपाल अछामको साझेदारीमा सञ्चालित एकिकृत उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनाले ३ वटा समुहमा पाठशाला सञ्चालन गरेको हो ।
पाठशालाको समापन कार्यक्रम वडा नम्बर ३ का  वडा अध्यक्ष नौले रावलको अध्यक्षतामा भएको वाक नेपालका सामाजिक परिचालक कविता साउदले जानकारी दिईन । 
पाठशालामा तरकारी खेतिकालागि विभिन्न प्रविधिका विषयमा छलफल गर्ने गरिएको छ । कृषि खेति प्रणालिमा जलबायू परिवर्तनका कारण भएको असर र त्यसको न्युनिकरणका विषयमा छलफल समेत गर्ने गरिएको हो । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top