वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न

वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाहरुको परिचयात्मक कार्यक्रम तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

यूएनएफपिए, गुड नेवर्स ईन्टरनेश्नल नेपाल र वाक नेपालको संयूक्त साझेदारीमा संचालन हुन गई रहेको किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण (सेफ गल्स) परियोजना र डब्लुएचएच, लि–वर्ड र वाक नेपालको संयुक्त साझेदारीमा संचान हुन गई रहेको पोषण सुधार परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक मंगलसेन नगरपालिकामा सम्पन्न भएको हो ।

परिचयात्मक तथा समन्वयात्मक बैठक मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको थियो । नगर प्रमुख पदम बहादुर बोहराले वाक नेपालसँग हातेमालो गर्दै दुईवटै परियोजनाहरु मार्फत परियोजनाको उद्धेश्य अनुसार जस्तो सुकै सहयोग र सहकार्य गर्दै अघि बढ्न हर सम्भव तयार रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने अन्य सबै सरोकारवालाहरुले पनि सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

सेफ गल्स परियोजनाले युवती तथा किशोरीहरुको क्षमता विकास, वृहत्तर यौनिकता शिक्षा प्रदान, किशोरी सशक्तिकरण, रुपान्तरण कक्षा आदी क्रियाकलापहरु संचालन गर्ने छ भने पोषण परियोजनाले समुदायको पोषणमा सुधार ल्याउने क्रियाकलापहरु संचालन गर्ने छ ।

सेफ गल्स परियोजना मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका र कमलबजार नगरपालिकामा संचालन हुन गई रहेको छ, भने पोषण परियोजना साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा संचालन हुने जनाईएको छ ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता रावल (सोडारी), सबै वडाका वडा अध्यक्षहरु, यूएनएफपीयका भरत गोतामे, गुड नेवर्स ईन्टरनेश्नल नेपालका नर बहादुर विक, वाक नेपालका पूर्व अध्यक्ष बल बहादुर कुमाल, कार्यक्रम व्यवस्थापक टेक बहादु थापा लगायत अन्य कर्मचारीहरु र नगरपालिका विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Wac-0-1748791476.jpg
Wac-1748791476.jpg

https://www.khaptadnews.com/detail/330?fbclid=IwY2xjawKpV95leHRuA2FlbQIxMQABHjOPiCVKIPytuWGYVw8riqFWN-bWkO2YpONvK2Mrz2egjdHmMiD9_nONdsha_aem_qKyHPIsuFT4gGsrMVwcWyQ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top