समाज कल्याण परिषद्को टोलीद्वारा वाक नेपालबाट सञ्चालित परियोजनाको अनुगमन

अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण (CBDRR) परियोजनाको समाज कल्याण परिषद्को टोलीले अनुगमन तथा मूल्याङ्कन गरेको छ  । 

समाज कल्याण परिषद्का कृष्णचन्द न्यौपाने र चित्रकुमार थापालगायतको टोलीले पञ्चदेवल विनायक नगरपालिका ५ आलि समुदाय, तुर्माखाँद गाउँपालिका ६ रानीवन पानिमुल नाउगाडे र मुल्लो गाउँ तुल्ता समुदायमा अनुगमन भ्रमण गरेका हुन ।

वल्डभिजन नेपालका सुशासन तथा साझेदार विषसज्ञ नीलकण्ठ तिमिल्सैना र अनुगमन, मूल्याङ्कन तथा सिकाई संयोजक रामधनी चौधरी समेत सहभागी भएको टोलीले जिल्ला विपद् व्यवस्थापन समिति सँग परियोजनाबाट जिल्लामा विपद् जोखिम न्यूनीकरणमा खेलेको भूमिकाका विषयमा छलफल समेत गरेको परियोजनाका संयोजक शिवराज ढुङ्गानाले जानकारी दिए  । 

वल्डभिजन ईन्टरनेश्नल नेपाल र वाक नेपाल अछामको साझेदारीमा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण  परियोजनाले अछामका दुई पालिकामा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ । 

अनुगमन पश्चात् अनुगमन टोलीले परियोजनाद्धारा सम्पन्न राम्रा अभ्यासहरूको निरन्तरता र आगामी दिनमा गर्नुपर्ने क्रियाकलापहरूको विषयमा सुझाव दिएको छ ।

Source: https://pahadkhabar.com/content/1152

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top