मेल्लेखको सरानी गाउँका पहिरो पिडित परिवारलाई उपभोग्य तथा सरसफाई सामग्री वितरण

अछाम । अछाम जिल्लाको मेल्लेख गाउपालिका वडा नम्बर ५ बिन्धेबासनीको सरानी गाउँका पहिरो पिडित परिवारलाई राहात स्वरुप दैनिक उपभोग्य तथा सरसफाई सामग्री वितरण गरिएको छ । गैरसरकारी संस्था वाक नेपालको उत्थानशिल जिविको पार्जन तथा पोषण परियोजनाद्वारा उनीहरुलाई आज दैनिक उपभोग्य खाद्यान्न राहत तथा सरसफाइ सामग्री वितरण गरिएको हो ।
केहीदिन अगाडि अबिरल बर्षाका कारण सरानी गाउँमा गएको पहिरोबाट बिस्थापित भएका ५१ घरपरिवारलाई सामग्री वितरण गरिएको हो । प्रति परिवारलाई ३ हजार दुई सय उन्साठीका दरले राहात सामग्री बितरण गरिएको बताइएको छ । राहात सामग्रीमा चामल, दाल, नुन, चिनि, तेल, साबुन लगायत अन्य सरसफाइ सामाग्री रहेका छन् । कुल १ लाख ६६ हजार दुई सय ९ रुपैयाँ बराबरको दैनिक उपभोय खाद्यान्न सहयोग गरेको बताइएको छ ।
खाद्यान्न सहयोग बितरण कार्यक्रममा वाक नेपालका कार्यसमिति अध्यक्ष मीन बहादुर कुवर,मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाही, मेल्लेख गाउँपालिका नम्बर ५ का वडाध्यक्ष रमेश बहादुर खड्का, मेल्लेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका लगायतको उपस्थीति रहेको थियो । यस्तै राहत वितरण कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका मंगल शाह, उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना सयोजक दिलिप बोहोरा, इश्वर उपाध्याय, धिरज ढुङ्गाना, रमेश भुल, कविता साउद, करन सिंह कुमाल लगयतको उपस्थीति रहेको थियो ।