Notice

बाख्राको खरिद तथा आपूर्ति को लागि बोलपत्र आह्वान (INVITATION FOR BIDS – IFB)

बाख्राको खरिद तथा आपूर्ति को लागि बोलपत्र आह्वान (INVITATION FOR BIDS – IFB) | E-Notice | Bolpatra Nepal

बोलपत्र आह्वान (Invitation for Bids – IFB)

बाख्राको खरिद तथा आपूर्ति

बोलपत्र नं.: WAC/IFB/GOAT-02

मिति: २६ मे २०२६

Working for Access and Creation Nepal (WAC Nepal), अछामले World Vision International Nepal (WVI Nepal) को साझेदारिमा सञ्चालित HATEMALO for Child wellbeing (IPF) कार्यक्रमका लागि आवश्यक बाख्राको खरिद तथा आपूर्ति तथा ढुवानी गर्न योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपशिल बमोजिमको सर्तको अधिनमा रहने गरि सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

  1. आपूर्तिको विवरण (Scope of Supply):
क्र.सं.विवरण (Item)जात/प्रकार (Breed/Type)परिमाण (संख्या)औसत तौल (कि.ग्रा.)
बाख्री (माउ/पाठी)खरी / स्थानीय जात, ८–१२ महिनाको६४६११,६२८
बोकाखरी वा जमुनापारी क्रस (स्थानीय जातसँग), ८-१८ महिना+१६०४,०००
जम्मा८०६१५,६२८

द्रष्टव्य: बोकाको हकमा, वाक नेपालले खरी वा जमुनापारी कुन जातको खरिद गर्ने भनेर निर्धारण गर्नेछ; अन्ततः एउटा मात्र जात छनोट गरी खरिद गरिनेछ ।

  1. बोलपत्र कागजात प्राप्त गर्ने तरिका
  • बोलपत्र कागजात प्राप्त गर्न निम्न लिंक :
  • BID Documents: BID-DOCUMENTS
  • TOR: Terms of Reference (ToR)
  • Code of Conduct: Suppliers Code of Conduct  वा प्रत्यक्ष: WAC Nepal कार्यालय, साफेबगर नगरपालिका–४, अछाम (जनकल्याण विद्यालय नजिक)
  1. बोलपत्र पेश गर्ने तरिका
  • माथि उल्लेखित कागजातहरु Download गरि सम्पुर्ण फारमहरू भरि अनिवार्य रुपमा बोलपत्र सिलबन्दी लाहाछाप लगाइ खाममा  पेश गर्नुपर्नेछ।
  • बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३ असार २ गते, (16 June 2026)  साँझ ५:०० बजे सम्म
  • पेश गर्ने स्थान: WAC Nepal कार्यालय, साफेबगर–४, अछाम ढिलो प्राप्त बोलपत्रहरू स्वीकार गरिने छैनन्।
  1. बोलपत्र खोल्ने मिति
  • मिति: मिति: २०८३ असार ३ गते, (17 June 2026)
  • समय: दिउँसो १२:०० बजे
  • स्थान: WAC Nepal कार्यालय, अछाम (इच्छुक बोलपत्रदाताको प्रतिनिधि उपस्थित हुन सक्नेछन्।)
  1. वितरण स्थान र विवरण:

अछाम जिल्लाका लक्षित नगरपालिका तथा गाउँपालिकाहरू (पालिकाहरू) मा तलको तालिकामा विस्तृत रूपमा खुलाइए बमोजिम डेलिभरी/वितरण गर्नुपर्नेछ:

क्र.सं.पालिका र वडाघरधुरी संख्याबाख्रीको संख्याबोकाको संख्याऔसत तौल (कि.ग्रा.मा)कैफियत
मेल्लेख गा.पा.-०४३०१२०३०२९१० 
मेल्लेख गा.पा.-०६३०१२१२०२९२८ 
मेल्लेख गा.पा.-०७२०८१२०१९५८ 
कमलबजार-०४२०८१२०१९५८ 
कमलबजार-०५२०८१२०१९५८ 
विनायक-०२२०८१२०१९५८ 
विनायक-०४२०८१२०१९५८ 
जम्मा १६०६४६१६०१५६२८ 
  1. शर्त तथा बन्देजहरू (Terms and Conditions):
  • वितरणको यकिन समयतालिका र लाभग्राहीको विवरण सम्झौता भएपछि छनोट भएका आपूर्तिकर्ता(हरू) लाई उपलब्ध गराइनेछ ।
  • बोका र बाख्री दुवै अनिवार्य रूपमा अछाम जिल्ला/पालिका भित्रबाट मात्रै खरिद गरिएको हुनुपर्नेछ। जिल्ला बाहिरबाट गरिने खरिदलाई कुनै पनि परिस्थितिमा मान्यता दिइने छैन र यस आवश्यकताको कडा रूपमा पालना गरिएको हुनुपर्नेछ ।
  • पूर्व सूचना बिना नै कुनै पनि चरणमा खरिद प्रक्रिया रद्द वा संशोधन गर्ने पूर्ण अधिकार वाक नेपालमा निहित हुनेछ ।
  • आपूर्तिकर्ताले आपूर्ति शृङ्खलाभरि सबै बाख्राहरूको व्यवस्थापन र ढुवानी सुनिश्चित गर्नुपर्नेछ।
  • अन्तिम स्वीकृति अघि भौतिक प्रमाणीकरण (Physical verification) गर्ने अधिकार सुरक्षित हुनेछ। मापदण्ड नपुगेका बाख्राहरूलाई तुरुन्तै प्रतिस्थापन (Replace) गर्नुपर्नेछ।
  • सन्तोषजनक डेलिभरी र प्रमाणीकरण भएपछि, र खोप तथा पशु बीमा कागजातहरू पेश गरेपछि मात्र भुक्तानी प्रक्रिया अगाडि बढाइनेछ ।
  • भौगोलिक कभरेज, स्टक उपलब्धता, र प्रतिस्पर्धात्मक मूल्यको आधारमा वाक नेपालले कुनै एक वा सबै बोलपत्रहरू स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ भने एक वा एकभन्दा बढी आपूर्तिकर्ताहरू छनोट गर्न सकिने छ ।
  1. आवश्यक कागजातहरू (Required Documents):
  • फर्म/कम्पनी दर्ता प्रमाणपत्र
  • प्यान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्र
  • पछिल्लो कर चुक्ता प्रमाणपत्र
  • प्रोप्राइटरको नागरिकताको प्रतिलिपि
  • बैंक खाताको विवरण

थप जानकारिको लागि 

Working for Access and Creation Nepal (WAC Nepal)

साफेबगर नगरपालिका–४, अछाम

फोन: ०९७–६२५०३२/9848719261/9801701378

Leave A Comment

Your Comment
All comments are held for moderation.