अछाममा विपन्न परिवारलाई बाख्रा सहयोग
अछाम । जिल्लाकाे पञ्चदेवल बिनायक र कमलबजार नगरपालिकाका जोखिममा रहेका विपन्न परिवारलाई वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र वाक नेपालको साझेदारीमा बाख्रा वितरण गरिएको छ।
एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाअन्तर्गत सोमबार स्थानीय खरिकोट जातका बाख्राहरू सहयोग प्रदान गरिएको हो।गरिब तथा विपन्न अवस्थाका परिवारलाई व्यवसायिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने उद्देश्यले पञ्चदेवल बिनायकका ६ र कमलबजारका ४ गरी १० परिवारलाई ३ देखि ४ वटासम्म बाख्रा प्रदान गरिएको परियोजना मिल अधिकृत जगत रावलले जानकारी दिए।
पञ्चदेवल बिनायक नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ६, र ७ तथा कमलबजार नगरपालिकाका वडा नम्बर २, ३, ४, र ५ बाट लाभग्राही छनोट गरिएको थियो।
कार्यक्रममा पञ्चदेवल बिनायक वडा नम्बर २ का अध्यक्ष कृपाबहादुर धामी, पशु सेवा प्राविधिक प्रेम जैसी, वाक नेपाल कार्यसमिति कोषाध्यक्ष छत्रमान ताम्राकार, सदस्य उषा शाह, र वाक नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियो।
यस सहयोगले विशेष गरी एकल महिला र विपन्न परिवारलाई आयआर्जनमा सहजता ल्याउने विश्वास गरिएको छ।
