Media Coverage

कमलबजार नगरपालिकामा वाक नेपालको भकारी परियोजनाका फेज आउट, पालिका द्धारा परियोजनामा कार्यरत कर्मचारी लाई सम्मानका साथ बिदाई

बिगत ३ बर्ष देखी कमलबजार नगरपालिकामा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत वाक नेपालको भकारी परियोजना आज देखी फेज आउट भएको छ । पालिका स्तरिय भकारी परियोजना समापन समारोहमा परियोजनामा कार्यरत कर्मचारी लाई सम्मानका साथ विदाई गरिएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता भएको समापन कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट, कमलबजार नगरपालिकाका बिभिन्न वडा अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट, जेसी डाईरेक्टर मिसियल, वाक नेपालका अध्यक्ष वल बहादुर केसी , बिभिन्न सञ्चारकर्मी लगायतको उपस्थिीत रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख ढकालले भकारी परिरयोजनाले कमलबजार नगरपालिकामा कृषी तथा पोषण , उत्पादनमुलक पानी, विपद जोखीम न्युनिकरण तथा प्राकृतिक स्रोत व्यवस्थापन महत्वपुर्ण कमम गरेको बताउनु भयो । लैंगिक समानता तथा सामाजिक समावेशीकरण र आपतकालिन प्रतिकार्यका क्षेत्रमा उल्लेखनिय काम गरेकोमा धन्यवाद समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख बिष्टले भकारी परियोजनाले सकारात्मक परिवर्तन गरेको बताउनु भयो साथै परियोजनाले सञ्चालन गरेका कार्य लाई पालिकाले निरन्तरता दिने बताउनु भयो ।

कमलबजार नगरपालिकाका प्रबक्ता सत्यराज तिमिल्सैनाले भकारी परियोजनाले  समाज रुपान्तरण मा महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । भकारी परियोजनाले कृषकलाई बीउ विज दिएर कृषक लाई थप प्रोत्साहन गरी महिला ससक्तीकरणमा पनी बिशेष भुमिका खेलेको बताउनु भयो ।
कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले वाक नेपालको भकारी परियोजनाको फेज आउट भए पनी आगामी दिनमा वाक नेपाल बाट कमलबजार नगरपालिकाले सहयोगको अपेक्षा राखेको बताउनु भयो । कार्यक्रमको उदेश्य माथी प्रकाश मर्सिकोर जिल्ला संयोजक प्रेम बहादुर लुहारले गर्नु भएको थियो । कार्यक्रममा विगत ३ बर्ष देखी समुदायमा गरेको कार्यक्रमको फोटो प्रर्दशनी गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रशासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाईले राख्नु भएको थियो । कार्यक्रमको संचालन कमलबजार नगपालिकाका बिपद व्यवस्थापन शाखा प्रमुख बिरेन्द्र तिमिल्सैनाले गर्नु भएको थियो ।

Published On : https://kamalbazardainik.com/8733/

Leave A Comment

Your Comment
All comments are held for moderation.