जाेखिम तथा विपन्न परिवारलाई बाख्रा सहयोग
अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका वडामा रहेका जाेखिम तथा विपन्न परिवारलाई बाख्रा सहयोग गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोग वाक नेपालकाे साझेदारी एकीकृत उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना अन्तर्गत व्यावसायमा निर्वाहमुखी जिविकाेपार्जन कार्यक्रम अन्तर्गत उनीहरूलाई आइतबार स्थानीय खरि जातका बाख्रा सहयोग गरिएको हो ।
मेल्लेख गाउँपालिकामा रहेका गरिब तथा विपन्न परिवारलाई व्यवसायमा उत्प्रेरित गर्ने गरी वल्र्ड भिजन वाक नेपालले सो बाख्रा सहयोग गरेको हो ।
दयनीय अवस्था भएर जिविकोर्पाजन गर्न सकस भएका यहाँका घरपरिवारलाई बाख्रा पालनामा व्यवसाय मार्फत सहज हुने गरि मेल्लेख गाउँपालिका अन्तर्गतका वडा बाट छनाेट गरिएका ९ जना र १ जना साँफेबगर नगरपालिकाका गरि १० जानालाई ३ देखि ४ वटा बाख्रा सहयोग गरेको परियोजना अधिकृत निरन्जना पनेरुले जनाएकाे छ ।बाख्रा वितरण कार्यक्रमा वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर महर वाक नेपाल कार्यसमिति अध्यक्ष मीन बहादुर कुवर लगायतकाे सहगिता थियो ।