प्रविधि र सीप सिकाउँदै जलवायु मैत्री कृषि पाठशालाकाे समापन कार्यक्रम सम्पन्न

अछाम । जिल्लाको कमलबजार नगरपालीका वडा नम्बर ३ बयालामा वाक नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारिमा सन्चालित एकीकृत उत्थानशिल जिविकोपार्जन र पोषण परियोजना अन्तर्गत जलवायु मैत्री कृषि पाठशालाकाे एक कार्यक्रमका बिच समापन गरिएकाे छ ।
जलवायुजन्य प्रकाेपबाट बालीहरुकाे संरक्षण गर्ने उद्देश्यले संचालन भएकाे जलवायु मैत्री कृषक पाठशाला प्रविधि र सीप सिकाउदै १६ हप्ता सम्म सञ्चालन गरिएकाे थियाे । १६ हप्ता सम्म भक्तपुर लोकल जातको काक्रा बालिमा जलवायु मैत्री कृषक पाठशाला सन्चालन गरिएको हाे । कृषि बालिलाइ रोगजन्य प्रकोप,सुख्खा खडेरी र अन्य जलवायुजन्य प्रकोपको बेला कसरी संरक्षण गर्ने, कुन प्रविधीको प्रयोग गर्ने भन्ने विषयमा छलफल गरियको थियो ।
बालिको सुरुदेखि अन्तिम सम्मको अवस्थामा बारीमा प्रत्यक्ष सङलग्न भै बालिलाइ गर्नुपर्ने संरक्षण, प्राङगारिक मल, झोलमोल बनाउने तरिका , बाली रोप्दाको दुरि , टनेल बनाउने तरिका, ब्याड बनाउने र बालिमा गर्नुपर्ने सम्पुर्ण कामका बिषयको बारेमा सहभागी २० जना कृषकहरुलाइ १६ हप्ता सम्म पाठशाला मार्फत जानकरी गराइएकाे थियाे ।
कमलबजार नगरपालीका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दसिङ कुवरको अध्यक्षतामा भयको समापन कार्यक्रममा वाक नेपाल एकीकृत उत्थानशिल जिविको पार्जन र पोषण परियोजनाका कार्यक्रम सयोजक गोपिसिङ नेपाली लगाएत काे उपस्थिति रहेकाे थियाे । एकीकृत उत्थानशिल जिविको पार्जन र पोषण परियोजना का कार्यक्रम अधिकृत तपेन्द्र के सि ले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागिहरुको सिकाइ तथा अनुभव आदान प्रदान पनि गरिएकाे थियाे । जलवायु मैत्री कृषि प्रविधिकाे प्रयाेग गर्न र सीप सिक्न पाएकाेमा आफुहरुका लागी याे कार्यक्रम अति नै उपयाेगी भएकाे सहभागीहरुले खुशी ब्यक्त गरेका थिए भने पाठशालामा सहभागी २० जना कृषकहरुलाइ प्रमाणपत्र पनि प्रादान गरिएकाे थियाे ।
१६ हप्ता सम्म सञ्चालन भएकाे कृषि पाठशालाकाे सहजिकरण कृषि प्राबिधिक धुर्वा बडुवालले गरेकी थिइन् भने समापन कार्यक्रमको सन्चालन वाक नेपालका सामाजिक परिचालक खकेन्द्र बडुवालले गरेका थिए