Media Coverage

वाक नेपालको पहलमा सहकारी संग जोडिदै महिलाहरु

२ बर्षमा १५० बढि महिलाहरु सहकारीको सेयर सदस्य बने

वित्तिय संस्थाको पहुँच भन्दा बाहिर रहेका अछामको मेल्लेख गाँउपालिकाका ७५ जना सर्बसाधारणहरु सहकारीको सेयर सदस्य बनेका छन । वाक नेपाल र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना र मेल्लेख गाँउपालिका वडा नम्बर २ को पहलमा उनिहरुले सहकारीको  सेयर सदस्यता पाएका हुन । 


परियोजनाको सहयोगमा तथा सहजिकरणमा गत बर्ष माघ महिनामा गठन गरिएका ४ वटा रुपान्तरणकारी बचत समुहका  ७९ जना महिलाहरु मध्य ७५ जना सहकारीमा आवद्ध भएका हुन । 
गाँउपालिका स्थित जनकल्याण कृषि सहकारी संस्था र महिला एकता बहुउद्देश्यीय सहकारी संस्थामा उनिहरु आबद्ध भएको वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले जानकारी दिए । 
वाक नेपालको सहयोगमा गठन भएका रुपान्तरणकारी बचत समुहहरुमा ४४हप्ता सम्म विभिन्न वित्तिय कक्षाहरुका सहभागीहरु अहिले सहकारीम आबद्ध हुन थालेको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार यि बचत समुहहरुमा हप्तामा कुनै निश्चित दिनमा २०÷२० रुपैयाँ गरि जम्मा ४४ हप्ता सम्म निरन्तर वित्तीय साक्षरताका कक्षा संचालन भएका थिए । समुहमा बचतको आवश्यकता, महत्व,ऋण कारोबार लगायतका विषयमा छलफल हुने गर्दछ । 

रुपान्तरणकारी बचत समुहका सदस्यहरुलाई दुई वटा अलग अलग कार्यक्रमको आयोजना गरि परियोजनाले सदस्यता हस्तान्तरण गरेको थियो । कार्यक्रमहरुका मेल्लेख गाँउपालिका वडा न. १ र २ का वडा अध्यक्षहरु दिल बहादुर धामी र कुसलराज बुढाको सहभागिता थियो । 
परियोजनाको पहलमा गत बर्ष ९४ जना महिलाहरु सहकारीमा आबद्ध भएका थिए । सहकारीमा आवद्ध अधिकांस महिलाहरुले कृषि उत्पादनमा जोड दिएका छन । समुहको सामाजिक सुरक्षा कोषको प्रभावकारीता बढेको भन्दै महिला एकता बहुउदेश्यिय सहकारी संस्थाले समेत साधारण सभाबाट उक्त कोषको स्थापना गर्ने निर्णय गरेका छन ।  

Source: https://pahadkhabar.com/content/1015

Leave A Comment

Your Comment
All comments are held for moderation.