Media Coverage

वाक नेपाल द्वारा न्यून आयस्रोत भएका, एकल महिला तथा विपन्न परिवारहरु लाई बाख्रा तथा भैसि बितरण ।

वाक नेपाल र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित उत्थानिशल जिवीकोपार्जन तथा पोषण परियोजनाको व्यवसाय पुर्नस्थापना सहयोग अन्तरगत मेल्लेख गाउपालिका वडा न.५, वडा न ७ र वडा न. ८, कमलवजार न.पा. ४, ५ र विनायक न.पा.१, ३, ४ र ०६ का न्युन आयस्रोत भएका, एकल महिला, विपन्न परिवारहरु लाई जिविकोपार्जन र व्यवसायमा सुधार ल्याउने उद्धेश्यका साथ रु ७,४१,७०० वरावरका वाख्रा तथा भैसिहरु वितरण गरिएको छ । सो वितरण कार्यक्रममा मेल्लेख गा.पा.०७ वडा अध्यक्ष नर वहादुर साउद, मेल्लेख गा.पा. ०५ का कार्यवाहक वडा अध्यक्ष सरस्वती भुल ले वाक नेपालले गरेका हरेक क्रियाकलापहरुले संकट को समयमा हात थापिदिने कार्य गरेको र वाख्रा तथा भैसि वितरण कार्यपनि निकै प्रशंस योग्य रहेकोले धन्यवाद व्यक्त गर्नु भयो साथै सो वितरण कार्यक्रमको अध्यक्षताको आसन वाट वाक नेपाल कार्यसमिति सदस्य मिन वहादुर कुवर ले वाक नेपाल कार्यक्षेत्रमा विभिन्न सहयोगका कार्यहरु भएको र यसको अपनत्व लाभग्राहिले लिनु पर्ने तथा अनुगमन तथा मूल्याकंन मा विशेस ध्यान दिनु पर्ने वताउनु भयो । सो क्रियाकलाप र वितरित वाख्रा र भैसि खरिद प्रक्रिया, प्रति के.जि मुल्य, विशिष्टीकरण, तथा क्रियाकलापको लेखा परिक्षण को वारेमा वाक नेपालका लेखा संयोजक ईश्वर उपाध्याय ले प्रष्ट पार्नु भयो सो वितरण कार्यक्रममा मिल संयोजक जगत रावल, जिविकापर्जन अधिकृत धिरज ढुगांना, निरञ्जना पनेरु, सामाजिक परिचालक विष्णु वुड्थापा, रमेश भुल, दिपीका वड, कविता साउद, सिर्जना अधिकारी, महेन्द्र नेपालि, खकेन्द्र वडुवाल, डम्वर रावल को उपस्थिती रहको थियो । वान नेपालले विभिन्न समयमा यस्ता थुप्रै उदारीकरण काम गरेको भन्दै सहभागी हरुले वाक नेपाल ने आगामि दिनमा पनि यस्ता गरिव तथा विपन्न परिवारलाई प्रत्येक्ष लाभ पुग्ने कार्यक्रम ल्याउनुपर्ने वताए ।

Leave A Comment

Your Comment
All comments are held for moderation.